News Desk
-सहबान अन्सारी
नवलपरासीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन।
शुक्रवार सुस्ता गाउँपालिका वडा नं.३ कुडियाबाट दक्षिण तर्फ बिगैप तिर जादै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदाँ ट्याक्टरमा सवार सुस्ता गाउँपालिका वडा नं.५ तरैनी बस्ने १५ बर्षिय गोलु( रोहित)कम्करको मृत्यु भएको सुचना अधिकारी रेशम बोहराले बताए।
दुर्घटनामा परि ट्याक्टर चालक सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अन्दाजी २१ बर्षिय सुकई मल्लाह गम्भीर घाइते भएको र उनलाई उपचारका लागि पृथ्वी चन्द्र अस्पतालमा प्रहरीले पठाएपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।