बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे
News Desk
May-13 , 2024 तारिख 04:57 बेलुका

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुनेभएको छ । बजेट अधिवेशनका रुपमा लिइने वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेलाई बोलाइएको प्रदेससभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बजेट अधिवेशन सम्बन्धि आह्वान गर्नुभएको पत्र सभामुख भुवन कुमार पाठकले पढेर सुनाउनुहुनेछ ।

त्यसपछि दलिय आधारमा अधिवेशन सफलताको शुभकामना मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । त्यस्तै, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट जारी भएको प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश आजको बैठकमा पेश गर्ने कार्यसूचि रहेको छ ।

धेरै पढिएको