नवलपुरमा लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
News Desk
May-13 , 2024 तारिख 05:37 बेलुका

दिपक पराजुली , हेटौडा/ हेटौडा टोल बिकास नगर समन्वय समिती हेटौडाको आयोजनामा हेटौडा -११ नवलपुरमा लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। श्री त्रिभुवन माध्यामिक बिद्यालयमा भएको कार्यक्रममा लागु औषधका साथै साइबर क्राइम र आत्महत्या दुरुत्साहनको बारेमा पनि सचेतना जगाइएको थियो।कार्यक्रममा बिद्यालय र बिभिन्न टोल बिकासका गरि १२० जनाको सहभागिता रहेको थियो।

सहभागी महिला तथा पुरुषले सचेतना कार्यक्रम उपलब्धीमुलक रहेको बताए। मकवानपुरका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजाल लगायत प्रहरी निरिक्षक ओम प्रकाश पण्डित र संगीता लामाले कार्यक्रमलाई सहजीकरण गरेका थिए।हेटौडा उपमहानगरपालिका वार्ड नं -११ का वडाध्यक्ष जुना दाहालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै यस्ता सचेतना कार्यक्रमलाइ निरन्तरता दिन आवश्यक रहेको बताइन।

हेटौडा उपमहानगर नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपमहासचिब देब कुमार श्रेष्ठ , ११ नं अध्यक्ष यज्ञ बहादुर आचार्यको सहभागिता रहेको थियो। 

 

धेरै पढिएको