News Desk
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति भवनमा शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सपथ गराउनु भएको हो । यसैगरी राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री हसीना खानलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा यादवलाई मन्त्री र खानलाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन भएसंगै सो पार्टी सरकारवाट बाहिरिएको छ भने नवगठित जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको हो ।