भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु
News Desk
May-14 , 2024 तारिख 04:34 बेलुका

भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करिब ६० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना अझै फसेको आशंका गरिएको आपतकालीन सेवाले जनाएको छ ।

मुम्बई शहरमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो । होर्डिङ बोर्ड खसेर सवारी साधनहरू पनि च्यापिएको दृश्य सामाजिक सञ्जालमा आएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।

धेरै पढिएको