क्यानले निलम्बन फुकुवा गरेसँगै स्पिनर सन्दीपलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी
News Desk
May-16 , 2024 तारिख 04:42 बेलुका

नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेसँगै स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ ।

नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।

धेरै पढिएको