News Desk
नेपाली सेनाले काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरेको छ।
सेनाले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्विन टुबे टुन्नेल्)मध्ये १६ सय ३३ मिटर लामो काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको आज ब्रेक थ्रु गरेको हो।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गमध्ये निकट भविष्यमा दुवै तर्फको निजगढतर्फबाट काठमाडौँतर्फ जाने सुरुङमार्गको पनि विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको पनि सेनाले जनाएको छ।