जसले गल्ती गरेको हो उसैले सजाय भोग्नुपर्छ : महामन्त्री थापा
News Desk
May-20 , 2024 तारिख 12:55 बेलुका

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जसले गल्ती गरेको हो उसैले सजाय भोग्नुपर्ने बताएका छन। 

आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रवि लामिछानेले गल्ती गरेको भए उनैले र आफूले गल्ती गरेको भए आफैँले सजाय भोग्नुपर्ने बताए।

‘तपाईं दोषी भए तपाईंले सजाए भोग्ने, म दोषी भए मैले सजाए भोग्ने हो। अनि त्यसपछि आ–आफ्नो राजनीतिक बाटो छैन भने सँगसँगै काम गर्ने जाने, यसरी पो हो त,’ महामन्त्री थापाले भने। 

साथै, उनले हिजोका दिनमा आफ्नो गल्ती भएको देखिए सबै विषयमा आफूमाथि छानबिन समिति बनाउन पनि चुनौती दिएका छन। 

‘हिजो पनि मैले गल्ती गरेको भए ममाथि छानबिन गर्ने हो,’ थापाले भने।

संसदीय छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडिया र सुर्यदर्शन सहकारीकै फाइल पल्टाउने पनि उनले दाबी गरेका छन। 

 

धेरै पढिएको