पत्रकार सुरेन्द्र पौडेल ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ बाट सम्मानित
News Desk
May-21 , 2024 तारिख 12:55 बिहान

पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन । पत्रकारहरुको तर्फबाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन ।

अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायत अतिथिहरुले पौडेललाई अवार्ड प्रदान गरेका हुन ।

पौडेल आर्थिक मिडिया प्रालिका अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुन । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै अवार्डले आफ्नो क्षेत्रमा थप सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको यात्रा प्लसका सीओ अनुजा आचार्यले जानकारी दीन । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।