गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न
News Desk
May-26 , 2024 तारिख 08:01 बिहान

१२ जेठ काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर गोरखा ताकुकोट सेवा समाज, काठमाडौंले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा अवस्थित कान्ति अस्पातलको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रमबाट ५४ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक मदनकुमार जोशीले बताउनुभयो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ(संस्थालाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष कृष्णा प्रसाद पनेरु तथा विभिन्न बुद्विजीविहरुले रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवादसहित प्रशंसा प्रमाणपत्र हस्तन्तरण गर्नुभएको थियो । 

गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रम स्वयम गाउपालिका अध्यक्ष बिष्णु भट्टले पनि रक्तदान गर्नुभयो । उहाले अन्य रक्तदानदाताहरूलाई प्रमाण पत्र प्रदान गर्नु हुँदै गोरखा-ताकुकोट सेवासमाज काठमाडौंलाई धन्यवाद समेत दिनुभयो । आफ्नो गाउँपालिका जनताहरू यसरी संगठित भएर सामाजिक कार्यमा सकृय रहदै आएको पाउँदा खुशी एवम् गर्व महशुस हुने गरेको भन्दै उहाँले सबैमा धन्यवाद पनि व्यक्त गर्नुभयो । 

हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान  गरौ जीवनदान” भन्ने नाराको साथमा अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गोरखा-ताकुकोट सेवासमाज काठमाडौंका कार्यसमिती  सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक  मदन जोशीले बताउनुभयो । स्वास्थ्य सेवा समितिका संयोजक जोशीले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र यो संस्थाको यो आयोजना दोस्रो पटक रहेको उहाँले जानकारी दिनुभयो ।

गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखा बारपाक सुलिकोटबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्दै बसोवास गर्ने बासिन्दालाई बीच सेतुका रुपमा काम गर्दै आएको छ । बिरामी हुँदा रगतको अभाव हुन नदिन समाजले यसरी नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ युवा नेता धिरज उपरकोटिले राज्यदैनिकलाई जानकारी दिदै भन्नुभयो ।

धेरै पढिएको