News Desk
हेटौडा-१४ जेष्ठ / देशकै दोस्रो ठुलो पार्टीको रुपमा रहेको नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यहि जेष्ठ १८ र १९ गते हुदैछ। अधिबेशनको दिन नजिकिदै गर्दा पार्टीको बिभिन्न पदहरुमा बिभिन्न सम्भाव्य उमेदवारीहरुको पनि चर्चा सुरु भएको छ। योग्य उमेदवारले आफ्नो दाबी राख्नुलाइ स्वाभाविक रुपमा लिइए पनि यो जिम्मेवारी पदको लागि मात्र नभएर काम गर्ने अवसरको साथै चुनौती सहितको जिम्मेवारी हो। किनकि अहिलेको आम पार्टीका प्रतिनिधीहरुले चुनेको नेतृत्वले सबैलाई एकताबद्द गराई मिसन ८४ सफल गराउन ठाउ अनुसार सहि उमेदवार छनौट गर्नु देखि जिताउनु पर्ने दायित्व रहन्छ। यसको अलावा प्रतिपक्ष समेतलाइ आवश्यक पर्दा Dashing personality को भूमिका निर्वाह गर्न सक्नु पर्ने हुन्छ ।त्यसैले पार्टीको निर्णय र भूमिकामा आम कार्यकर्ताको भबिश्य जोडिने हुनाले लहडको भरमा नभई बिबेक पूर्ण किसिमले नेतृत्व चयन गर्नु पर्ने मूल दायित्व आम प्रतिनिधी कार्यकर्तामा आएको छ। पछिल्लो समयमा चर्चामा रहेका अध्यक्षहरुमा रघुनाथ खुलाल ,श्रीधर पोख्रेल,लाल बहादुर थापा ,गोपाल श्रेष्ठ र इन्द्रमान स्यान्तान रहेका छन। यी नाम चर्चामा रहेपनि अरु थप उमेदवारीको सम्भावना पनि रहेको स्रोतको दाबी छ। यसैगरी उपाध्यक्षमा चर्चामा नबिन सिग्देल ,हृदम लामा ,फुर्वा लामा ,पार्वती राना र सुनिल मोक्तानको रहेको छ। सचिबको उमेदवारीमा सुमित्रा काफ्ले ,मदन दाहाल ,सिता बिष्ट र राजन थापाको नाम चर्चामा रहेको छ। यसैगरी उपसचिवमा दिपक खड्का ,जुना दाहाल ,आरती पाठक ,सन्तोष चौलागाई ,रमिला सापकोटा ,इन्द्र नेपाल , र खेम जर्गाको नाम बढी चर्चामा रहेको छ। आशा गरौ संभवत यी चर्चामा रहेका अनुहार मध्ये नै सबल र सक्षम भावी जिल्ला नेतॄत्व चुनिनेछन, जसले सबैलाई समेटदै पार्टीपंङ्ती एकाकार गराउदै अगाडि बढाउने क्षमता राख्दछ।