बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते
News Desk
May-28 , 2024 तारिख 12:17 बेलुका

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन।

 

बिहीवार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थी सवार रहेको ग १ ज ८२४९ नम्बरको बोलेरो  जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन।

घाइते हुनेमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

सशक्त घाइते चालक तथा जिपधनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी उनले दिए।

धेरै पढिएको