जलविद्युत क्षेत्रका दिग्गज एवं विज्ञ दिल्ली बहादुर सिंह
News Desk
May-28 , 2024 तारिख 09:10 बेलुका

पेशाले ईन्जिनियर दिल्ली बहादुर सिंह एक काबिल प्रशासक साथै साहित्यकार हुनुहुन्छ । साहित्यिक फाँटमा दिलु सिंहका नामले प्रख्याती कमाउनु भएका सिंह नेपालको जलविद्युत क्षेत्रका अनुभवी एवं दिग्गज विज्ञ समेत हुनुहुन्छ । जसले वि.स. २०७६ सालदेखि नेपालको जल उर्जा क्षेत्रको नियामक निकायका रुपमा रहेको स्वायत्त संस्था विद्युत नियमन आयोगको माननिय अध्यक्षको ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । आयोगका प्रथम अध्यक्ष समेत रहनु भएका सिंहको नेतृत्वमा जल विद्युत संबन्धी ऐन, नियम तथा नीति निर्माणका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हसिल भएका छन् ।  

वि.स. २०१४ साल आषाढ १७ गते  ठकुरी परिवारमा जन्मनुभएका सिंहले भारतबाट सन् १९८१मा बि.एस्सी.इन्जिनियरिङ्ग हुँदै सन् १९९४मा अष्टे«लियाबाट मास्टर अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी मेनेजमेण्टमा स्नाकोत्तरसम्मको अध्ययन पुरा गर्नु भएको छ । 

सन् १९८१ मा प्राविधिक सेवा तर्फ सेक्सन अफिसरका रुपमा सरकारी सेवामा प्रवेश गर्न‘भएका सिंहले सोही वर्षको अगष्टदेखी  डिसेम्बर १९८३ सम्म जलस्रोत मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग, बेलहारा, मुगा, हिले तथा चुलिबन खानेपानी आयोजना प्रमुखको कार्यभार सम्हाल्नु भएको थियो । जनवरी १९८४ देखी जून १९८६ अवधिमा ६९ मेगावाट क्षमताको मस्र्याङ्गदी जलविद्युत परियोजनाको केन्दि«य कार्यालय काठमाण्डौँ रहेर जिम्मेवारी वहन गर्न‘ुभएका उहाँले जुलाई १९८६ देखी  जून १९९० सम्म मस्र्याङ्गदी जलविद्युत परियोजनामैै तनहूँ जिल्ला ढकालटार स्थित विद्युत उत्पादन गृहमा कन्सलट्यान्ट कम्पनी लाम्हेयर इन्टरनेसनल (जर्मनी) तथा स्नोई माउण्टेन ईन्जिनियरिङ्ग कर्पोरेसन (अष्टे«लिया) मा मन्त्रालयबाट काजमा खटिई हाईडो ईन्जिनियरका रुपमा कार्य गर्न‘ुभएको थियो । 

जुलाई १९९० देखी जून २०००सम्म जलस्रोत मन्त्रालय र जुलाई २००० देखी मार्च २००८ अवधिमा विद्युत विकास विभागमा सिनियर डिभिजनल इन्जिनियरका रुपमा कार्यभार सम्हाल्नु भएका उहाँले  अप्रिल २००८ देखी २००९ अवधिमा ६७२० मेगावाटको पञ्चेश्वर बहुउद्देश्शीय आयोजना प्रमुख भई जिम्मेवारी वहन गर्न‘भएको थियो । त्यस्तै उहाँले २००९ देखी २०११ सम्म उक्त आयोजनामा प्रमुख साथै विद्युत विकास विभागको उपमहानिर्देशक भई कार्यभार सम्हाल्नुभएको थियो भने २०११ मा पदोन्नती पाउनुभई नोभेम्बर २०१२ सम्म विद्युत विकास विभागमा महानिर्देशक साथै विद्युत महशुल निर्धारण आयोगको सदस्य र पञ्चेश्वर आयोजना प्रमुख भई कार्य गर्न‘भएको थियो । 

त्यसो त डिसेम्बर २०१२ देखी जुलाई २०१३ सम्म जल तथा ऊर्जा आयोगको सचिवालयमा सहसचिव र पुन विद्युत विकास विभागमा महानिर्देशक साथै विद्युत महशुल निर्धारण आयोगको सदस्य सचिव भई उहाँले कार्यभार सम्हाल्नुभएको थियो । 

सिंहले फेब्रुअरी २०१६  देखी मे ८,२०१९ सम्म बेलायत सरकारको APPIIC/DFID) अन्तर्गत प्रोजेक्टमा  सिनियर पब्लिक सेक्टर एड्भाईजरका रुपमा पनि काम गर्न‘भएको छ ।  सानो जलविद्युतमा अन्तर्राष्ट्रिय नेटवर्कको चीनमा अवस्थितमा उहाँ २००९–२०१२, २०१३–२०१६, २०१७–२०२० तथा २०२१–२०२४ कार्यकालका लागि पनि निर्वाचित हँुदै विशेष कार्यभार सम्हाल्दै आउनुभएको छ । 

ईण्डियन चेम्बर अफ कमर्र्र्शद्वारा २०१२ मा भारतमा आयोजित प्यानल डिस्कसन अन डेभलपमेण्ट अफ हाईडो पावर प्रोजेक्टस ईन नर्थ ईष्ट ईण्डिया विषयक कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा विचार सम्प्रेषण गर्नु‘भएका सिंहले  नेपाल सरकारको तर्फबाट टोली प्रमुख भई साउदी फण्ड फर अरब ईकोनोमिक डेभलपमेण्ट य’एईसँग (२० मेगावाट) को बुढिगंगा जलविद्युत आयोजनाका लागि ३५ मिलियन यू.एस.डलरको सहुलियत ऋण प्राप्त गर्न अहम भुमिका निर्वाह गर्न‘’भएको थियो ।

सिंहले यसमाझमा विभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय सभा सम्मेलन, कार्यशाला आदिमा तीन दर्जन बढि कार्यपत्र÷शोधपत्रहरु प्रस्तुत गर्न‘का साथै राष्ट्रिय÷अन्तराष्ट्रिय संघ÷संस्थाद्धारा आयोजित दुई दर्जन बढि तालिम हासिल गर्न‘भएको छ ।  

उहाँका गेनिङ्ग पब्लिक एसेप्टेन्स९२०६२०स वल्र्ड कमिसन अन ड्याम द्वारा प्रकाशित स्टाटेजी प्राईरोटी अफ ड्यामस् एण्ड डेभलपमेण्ट रिपोर्टलाई मध्यनजर गर्दै नेपालमा गरिएका जलविद्युत एवं जलस्रोत विकास सम्बन्धि शोघ ग्रन्थ, वि.स.२०५९ मा य’एसएड सारी ई प्रोग्रामको लागि ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, मध्य मस्र्याङ्दी जलविद्युत आयोजनाका लागि केस स्टडीहरू र दुहबी बहु ईन्धन पावर सन्दर्भ सामाग्री  प्रकाशित छन् ।

साहित्य सेवातर्फ सिंहका चार कृतिहरु प्रकाशित छन् । जसमा पुष्प र ज्वाला (कविता संग्रह, २०५४), मुटु दुखे हात चल्छ (गीत, गजल एवं भजन संग्रह, २०५५),प्रेम (गजल संग्रह, २०५६), बोर्डफस्र्ट सुम्निमा र अभिभावकको भूमिका (२०५७) रहेका छन् । उहाँका साहित्यिक सिर्जनाहरु समय समयमा मधुपर्क, गरिमा लगायतका पत्रिकामा कविताहरु प्रकाशित र टेलिभिजन÷रेडियोबाट कविता, गीत, गजल, भजन प्रसारित हुने गरेको पाईन्छ ।  

त्यसो त २०४७÷२०४८ मा फ्रेण्डस् क्लब, कोपुण्डोल, ललितपुरको सांस्कृतिक समिति उप–सभापति भएर उहाँले सामाजिक एवं साहित्यिक क्षेत्रमा उहाँले महत्वपुर्ण योगदान पुर्याउनु भएको थियो ।  २०६१ सालमा कवयित्री विभूति सिंहको सहकार्यमा उहाँले श्याम दास बैष्णबज्यूका दार्शनिक कविताहरुका अङ्गेजी अनुवाद समेत गर्न‘भएको छ ।   

सिंह नेतृत्वको आयोगले यस माझमा थुप्रै लोकप्रिय कार्यहरु गर्दै प्रशंसित समेत बनेको छ । यस माझमा उहाँकै प्रमुख भुमिका माझ ५ एम्पियरबाट विद्युत प्रयोग गर्ने निम्न आय भएका उपभोक्ताहरुलाई मासिक २० युनिटसम्म निशुल्क विद्युत दिने र समग्र उपभोक्ताको मासिक महसुल दरमा सरदारमा १.०४% ले घट्ने गरी आयोगले उपभोक्ता विद्युत महसुल दर निर्धारण गरी उपभोक्ताको हित संरक्षण, उपभोक्ता विद्युत महसुल तथा विद्युत खरिदबिक्री दर निर्धारणको निर्णय लिनु अघि उपभोक्ता तथा सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई निर्देशिका जारी गरी सार्वजनिक सुनुवाई गर्ने परिपाटीको विकास गरिएको छ । 

त्यस्तै उहाँको कार्यकालमा १० मेगावाटभन्दा कम क्षमताका साना जलविद्युत आयोजनाहरुबाट सुख्खा यामका महिनामा उत्पादन हुने विद्युतको परिमाणको पूर्वानुमान (एभाइलेबिलिटि डिक्लेरेसन) एक महिना अघि नै पेश गर्नुपर्ने र सो नमिलेको खण्डमा नेपाल विद्युत प्राधिकरणलाई जरिवाना तिर्नु पर्ने व्यवस्था भएकोमा एक हप्ता अगाडी मात्र पनि जुनसुकै प्रतिशतसम्मको उक्त समयको जलवायु सम्बन्धी तथ्याङ्कको आधारमा पूर्वानुमान गरी ने.वि.प्रा. पठाउन सकिने प्रावधानको व्यवस्था भउको छ । 

यसका अलवा निर्माणका क्रममा लिएको ऋणको सावाँ ब्याज दुवै तिर्न नसक्ने अवस्थामा पुगेका रुग्ण जलविद्युत आयोजनाहरुलाई पुर्नकर्जा सुविधाका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय एवम् नेपाल राष्ट्रबैंकसँग आवश्यक समन्वय गरी ३% ब्याजदरको पुर्नकर्जा सुविधा उपलब्ध गराउन भूमिका निर्वाह, नेपाल सरकारलाई राय उपलब्ध गराउने सम्बन्धमा विद्युत विधेयकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले रायमाग गरेकोमा आयोगको निर्णयानुसार समयमै राय उपलब्ध गराउने आदी काम भएका छन् । 

साहित्यतर्फ सिंहका सुम्निमा, मि एण्ड आवर मेलस् र विज्ञका हैसियतले विद्युत आयोजनामा हुने ढिलाईहरुका निवारण तथा द्रुतिकरणका उपायहरु नामक उहाँका कृति प्रकाशोन्मुख रहेका छन् । 

हालसम्म सिंहले भारत, पाकिस्तान, लिख्टेन्सटाइन, जर्मनी, अष्ट्रिया, लक्जम्वर्ग, स्विट्जरल्याण्ड, नेदरल्याण्डस्, चीन, वेलायत, फ्रान्स, सिङ्गापुर, बेल्जियम, युनाइटेड अरब इमिरेटस्, थाइल्याण्ड, अष्टे«लिया, हङ्गकङ्ग, द.कोरिया, श्रीलङ्का, बंगलादेश,भुटान, पोर्चुगल, लाओस, केन्या, स्पेन, नर्वे, इटली, चेक रिपब्लिक, फिलिपिन्स, साउदी अरब, जाम्विया, इथियोपिया तथा मलेसियाको भ्रमण गर्नुभएको छ । पुस्तक लेखन, धार्मिक÷सामाजिक कार्य, फोटोग्राफी तथा भ्रमणमा बिशेष रुची राख्नुहुने सिंह आफनो पेशागत कामप्रति उत्तिकै लगाव राख्नुहुन्छ ।