सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो ‘नौलो गणतन्त्र आन्दोलन’ घोषणा
News Desk
May-29 , 2024 तारिख 06:45 बिहान

सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँमा ‘नौलो गणतन्त्र आन्दोलन’ घोषणा गरेको छ।मंगलबार काठकाडौंको भृकुटीमण्डपमा ‘उद्घोष सभा’ आयोजना गरी अध्यक्ष राउतले ‘नौलो गणतन्त्र आन्दोलन’ घोषणा गरेका हुन।

घोषणा सभाअघि जनमत पार्टीलेे भृकुटीमण्डपबाट र्‍याली निकालेर सहरको विभिन्न भाग परिक्रमा गरेको थियो।

जनमतका कार्यकर्ताहरूले ‘नौलो गणतन्त्र सामाजिक लोकतन्त्र, संसदलाई दलको बन्धनबाट मुक्त गर, जनता राज कायम गर’ लगायतका नारा लगाएका थिए।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन (जेठ १५ गते) लाई तीनै तहका सरकारले गणतन्त्र दिवसका रूपमा मनाउँदै छन।

यसै क्रममा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको थियो।

 

धेरै पढिएको