News Desk
काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं धुम्वाराहिस्थित अकामा होटलमा शनिवार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येबाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ ।
हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित हुनुभएको छ ।
नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसक्नुभएको छ भने नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत रहिसक्नुभएको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभामा उपस्थित अस्पतालका संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा अध्यक्ष डा।श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गर्नुभयो । बोर्डले समय सापेक्ष तथा विश्वस्तरमा अस्पताल संचालन गर्ने र उच्च स्तरिय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ लगायत सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको साथमा आगामी दिनमा अस्पताललाई नयाँ ढङ्गबाट अगाडि लैजाने र पूर्ववत नेपालको पहिलो रोजाइको सेवा प्रदायक बनाउने प्रण गर्नुभयो ।
नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर दराजका बिरामीकालागि समय समयमा दुर्गम जिल्लाहरुमा विशेषज्ञ र औषधि सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण शिविर लगायतका अन्य चेतनामूलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ ।
७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।
ॐ हस्पिटल दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

नवनिर्वाचित अध्यक्षको संक्षिप्त चिनारी
भारतको ख्यातिप्राप्त अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गर्नुभएका तथा चिकित्सा क्षेत्रमा पाँच दशक भन्दा बढीको अनुभव संगाल्नुभएका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुनुहुन्छ ।
हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य ९सिनेटर० रहनुभएका डा। श्रेष्ठ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुनुहुन्छ ।