बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला
News Desk
Jun-02 , 2024 तारिख 11:12 बिहान

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन।

बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार विक आज मृत फेला परेका हुन। उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

धेरै पढिएको