एनआरएनए अभियन्ता विनोद कुँवरलाई पत्नीशोक
News Desk
Jun-06 , 2024 तारिख 05:27 बेलुका

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नीशोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधबार कोरियामा उपचारका क्रममा निधन भएको हो । 

केही समयदेखि क्यान्सरबाट पीडित उनको ५० वर्षको उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

उनको पार्थिक शरीर कोरियामै शुक्रबारसम्म श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कोरियामै बस्दै आएका कुँवरको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ । 

एनआरएनएको १० ‍औँ महाधिवेशनबाट अध्यक्ष बनेका कुँवरले कोरिया र नेपालमा विभिन्न क्षेत्रमा लगानि रहेको छ ।

हयूँगको निधनपछि बिश्वमा रहेका गैर आवासीय नेपाली र एनआरएनए अभियन्ताहरुले शोक व्यक्त गर्दै कुँवर परिवारप्रती समवेदना ब्यक्त गरेका छन ।

धेरै पढिएको