News Desk
काभ्रे । ज्ञानोदय आधारभुत स्कुल ,पाँचखाल -२, ज्यामिरकोटमा 'हाम्रो भूमि हाम्रो भविष्य, हामी पुस्ताका पुनर्स्थापना हौँ ’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस ( २०८१ विद्यालय परिसरमा वृक्षारोपण गरि मनाइयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य सोकनथ गौतमको विशेष उपस्थितिमा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु जुनु तामाङ, छायाँ तामाङ, चमेली गौतम, मंगल तामाङ , शिक्षक प्रतिनिधि पत्न बहादुर तामाङ र सदस्य सचिव एवं विद्यालयका प्रअ मेघनाथ अधिकारीसहित विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय बुद्धिजीवी, पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको बाक्लो उपथिति रहेको थियो।
सो अवसरमा विद्यालयका प्रअ मेघनाथ अधिकारीले विद्यार्थीहरुलाई बोटबिरुवाको महत्व बारे जानकारी गराएका थिए । हरेक विशेष महत्वको दिन विद्यालयमा विद्यार्थीहरुलाई त्यस विषयको जानकारी गराउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
गत शैक्षिकसत्रमा विद्यालयका बालबालिकालाई वितरण गरिने भनेको नि शुल्क ब्याग, ड्रेस एवं अतिरिक्त पुस्तक निस्शुल्क वितरण गरिएकोले विद्यार्थीमा थप उत्साह थपिएको जानकारी शिक्षक माधब नेपालले बताए । प्रदेश सरकारको सहयोगमा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवं अन्य कुरा खरिद पनि लगभग अन्त्य अन्त्य भएको कुरा ब्यवस्थापन समितिका सदस्य सोकनथ गौतमले बताए । अनुदान परेको रकमले विद्यालयमा अब सबै आवश्यक कुराको सुविधा हुने हुँदा सबै स्थानीय एवं वरपरका अभिभावकलाई निर्धक्क ढुक्कसँग गुणस्तरीय शिक्षा प्राप्तिका आफ्ना नानीबाबु भर्ना गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले आव्हान गरेका छन् ।