News Desk
-दिपु वर्णवाल
वीरगञ्ज । मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा श्री शारदा मावि बहुअरी सुगौली वीरगंज २४ का प्रधानाध्यापक विनोद मेहता सम्मानित भएका छन् । “प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल” (पान) ले काठमाण्डौको लाजिम्पाटमा आयोजना गरेको देशैभरका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरुको प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता नगद पुरस्कारसहित सम्मान गरेको हो ।
प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै पानले मधेश प्रदेश उत्कृष्ट प्रधानाध्यापको रुपमा नगद पुरस्कार राशि रु १० हजार सहित सम्मान गरेको श्री सारदा माविका शिक्षक शनि दुबेले जानकारी दिए ।
सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशोसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् । पान केन्द्रिय समितिका सभापति सुदामा गौतमको अध्यक्षतामा सुरु भएको राष्ट्रिय सम्मेलन जेठ २८ सम्पन्न हुने छ ।