पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु
News Desk
Jun-09 , 2024 तारिख 05:33 बेलुका

पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बढ्दो गर्मी छल्न तिनाउ खोलामा नुहाउने क्रममा डुबेर भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

शनिबार मध्यान्ह साथीहरुसँगै खोलामा नुहाउन पुगेका अहमद नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अहमदसँगै आएका २ जना साथीहरुले खोलाबाट उद्धार गरेर अहमदलाई अस्पताल पुर्‍याएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही वैशाख र जेठ महिना गरि तिनाउ खोलाम डुबेर तीन जनाको मृत्यु भइसकेको छ ।

धेरै पढिएको