News Desk
स्याङजामा रुखवाट लडेर एक महिलाको मृत्य भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं.७ साँखर बस्ने बर्ष ३५ की सृजना ढकाल रहेको प्रहरीले जनाएको छ । बुधवार बिहान घर नजिकै बारीमा पिपलको रूखमा घाँस काटन गएकी ढकाल रुखवाट खस्दा घाईते हुनु भएको थियो । घाईते ढकाललाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागी पाल्पाको रामपुर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । घटनावारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।