News Desk
नवलपरासीपूर्व कावासोतीको फलफूल चोकमा ढल निर्माणका लागि खन्दै गरेका तीन महिलाको पुरिएर मृत्यु भएको छ।
कावासोती प्रहरीका अनुसार यसअघि उद्धार भएका दुई महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र एक महिलाको पुरिएको अवस्थामा शव फेला परेको हो।
प्रहरी निरीक्षक विक्रम रिजालले थाहाखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती बस्ने ५१ वर्षकी सेती राना, वर्ष २६ की तानमायाँ गाहा र वर्ष ३२ की चमेली बर्लामी रहेका छन।
प्रहरीले कल्भटमुनी बेस बनाउँदै गर्दा ४ मिटर माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको जानकारी दिएको छ। घटना आज साँझ ७ बजेतिर भएको हो।