News Desk
सहबान अन्सारी
नवलपरासीमा सशस्त्र प्रहरीद्वारा करिब ४८ हजार मुल्य बराबरको माछा नष्ट गरिएको छ ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठीपरसौनीको कठहवा सिमानाकाबाट भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक योग बहादुर थापाको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले १ सय ६० किलो बैखी माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्तीटोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन समेत दिएको सशस्त्र प्रहरीले जनाएको छ ।