नेपाल अर्बुद रोग निवारण संस्था  र फाइट फर लाइफ नेपालको संयुक्त आयोजनामा च्यारिटि कार्यक्रम सम्पन्न
News Desk
Jun-16 , 2024 तारिख 12:21 बेलुका


नेपाल अर्बुद रोग निवारण संस्था  र फाइट फर लाइफ नेपालको संयुक्त आयोजनामा च्यारिटि कार्यक्रम सम्पन्न भएको छ । नेवारी भोज कार्यक्रसहित आयोजित यस कार्यक्रम क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्न, आन्तरिक पर्यटनको विकास गर्न र क्यान्सर पिडितहरुलाइ सहयोग गर्न गरिएको आयोजकको  दाबी छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा पर्यटन, संस्कृति तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य प्रमुख अतिथी, वन तथा वातावरण मन्त्री विशाल खड्का विशिष्ठ अतिथि, काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डङोल विशेष अतिथि, फाइट फर लाइफ नेपालका अध्यक्ष दिल कुमार महर्जन, मिस नेवा ११४३ सकिना महर्जन, मिस नेवा कृषा महर्जन ,मिस नेवा सोसल एम्बेसडर तिमिला महर्जन साथ  विभिन्न संघसंगठनका प्रमुखहरु, क्यान्सर सोसाइटीका प्रथम उपाध्यक्ष हरिगोपाल प्रधान ,उपाध्यक्ष डा बिमला शाक्य , सचिव दिब्यलक्ष्मी बज्राचार्य, कोषाध्यक्ष किरण महर्जन,  लाइन्स कल्बका अध्यक्ष सबिना श्रेष्ठ,  समकालीनका अध्यक्ष सकुना मलेकु, समाजसेवी अनु शेरचन अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 

सोही अवसर माझ ३०० जना महानुभावहरुको सहभागितामा नेवार झो भ्ये सम्पन्न गरिएको छ । नेप्लिज फेसन होमको संयोजनमा आयोजित उक्त कार्यक्रम मानविय पुण्य कार्यका लागि भएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनुभयो । 

धेरै पढिएको