राष्ट्रपति पौडेलबाट पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण
News Desk
Jun-19 , 2024 तारिख 01:22 बिहान

वर्लिन (जर्मनी ) । राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मङ्गलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । 

आजै उहाँले वर्लिनस्थित नेपाली राजदूतावासको निरिक्षण पनि गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पाैडेलले आफ्नो भ्रमणको क्रममा गरेको मेहनतकाे प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मेहनत गर्नुपर्न आावश्यकता आैल्याउनुभयाे । 

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएको थियो । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । 

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

धेरै पढिएको