उपत्यकामा थपिए ६ सय १८ संक्रमित
News Desk
Sep-17 , 2020 तारिख 02:40 बेलुका

काठमाडौँ — आश्विन १, २०७७। 

काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

२४ घन्टामा देशभर भने १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

(कान्तिपुर दैनिक)