News Desk
काठमाडौँ — आश्विन १, २०७७।
कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए ।
मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् । त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३८३ पुगेको छ ।
(कान्तिपुर दैनिक)