News Desk
काठमाण्डौं । नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जितबहादुर मगर र नेविसंघका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा मगर पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध महाशाखाले शुक्रबार राजधानीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि रामेछाप जिल्ला प्रहरी कार्यालय पठाएको छ ।
ज्यान मार्ने कसुरमा मुछिए पछि उनीहलाई प्रहरीले पक्रेको हो । उक्त घटनामा अन्य ६ जना फरार रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरतप्रसाद चौलागाईं, महासमिति सदस्य जितेन्द्रकुमार मोक्तान, जिल्ला उपसभापति नवराज थोकर, जिल्ला पार्टी सचिव विनोद कार्की, रामेछाप प्रदेश ख क्षेत्रीय सचिव बेनबहादुर थापा मगर र पूर्व जिल्ला सचिव विष्णु बस्नेत छन् ।उ नीहरुलाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ ।