नेपाल डेरी एसोसिएशनबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक यादव सम्मानित 
News Desk
Jun-26 , 2024 तारिख 11:14 बेलुका

काठमाण्डौं । नेपाल डेरी एसोसिएशनले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक डा राजेन्द्र यादवलाई सममान गरेको छ ।  नेपाल डेरी एसोसिएशनले केन्द्रीय कार्यालय काठमाडौंमा बधाई कार्यक्रम आयोजना गरि उहाँलाई सम्मान गरेको हो । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा पुनः दोस्रो पटक आसिन हुन सफल हुनुभएकोमा डा यादवलाई उक्त सम्मान प्रदान गरिएको एसोसिएशनले जनाएको छ ।  उहाँलाई नेपाल डेरी एसोसिएशन अध्यक्ष प्रल्हाद दाहाल र पूर्व अध्यक्ष सुमित केडियाले सम्मानपत्र प्रदान गर्नुभयो । 

सो अवसरमा एसोसिएशनकातर्फबाट अध्यक्ष दाहालसहित पूर्व अध्यक्ष केडियाले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई दिनुभएको थियो । कार्यक्रममा एसोसिएसनका केन्द्रिय, बागमती प्रदेश, काठमाडौ जिल्ला समितिको पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।