बगुममा पहिरो खस्दा चारजनाको मृत्यु
News Desk
Jun-27 , 2024 तारिख 11:33 बिहान

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुममा  गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ। पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन।

धेरै पढिएको