असार महिनामा विवाह गर्नेलाई बुद्ध एयरको निःशुल्क टिकट
News Desk
Jul-03 , 2024 तारिख 12:23 बेलुका

बुद्ध एयरले असार महिनामा विवाह गर्नेलाई पोखरा आउजाउ गर्ने जोडीलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ। 

बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो। 

असार महिनामा थोरै विवाह लगन रहेका छन।  

बुद्ध एयरको उडानमा बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्छ। यसरी शेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गर्ने जनाएको छ। 

हाल बुद्ध एयरले १८ वटा जहाज मार्फत काठमाडौँ र पोखरालाई बेस बनाएर उडान गर्दै आएको छ।