लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान
News Desk
Jul-22 , 2024 तारिख 12:53 बेलुका

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नु भएको छ । अल्पमतमा पर्नु भएका मुख्यमन्त्री जोखबहादुर महराले हिजो प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएपछी नयाँ सरकार गठनको लागी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गर्नु भएको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलले हिजो साँझ जारी गरेको विज्ञप्तिमा साउन ७ गते आज सोमबार बेलुका साढे ६ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ । केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर अब नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।

धेरै पढिएको