अध्यक्ष सुवाललाई कोरोना पुष्टि
News Desk
Sep-20 , 2020 तारिख 10:05 बिहान

भक्तपुर — आश्विन ४, २०७७। 

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत हुनुहुन्छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसपछि उहाँ भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना हुनुभएको छ । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।