वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो
News Desk
Sep-20 , 2020 तारिख 10:57 बिहान

वीरगञ्ज— आश्विन ४, २०७७। 

सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज नाकाबाट हुने आयात बढेको छ ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात परिमाण बढेको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले बताए । ‘आवागमन सहज भएपछि भन्सारबाट आयात कारोबार पनि बढेको छ । दैनिक जाँचपास हुने गाडीको संख्या ६०० को हाराहारी पुगेको छन्,’ प्रमुख भन्सार अधिकृत खत्रीले बताए ।

सामान्य अवस्थामा दैनिक करीब ७ सय गाडी मालसामान भित्रिने यो भन्सारबाट भदौ अन्तिमसम्म ४५० को हाराहारी गाडी भित्रिएका थिए । बन्दाबन्दी शुरू भएलगत्तै यो संख्या १५० मा झरेको थियो । यातायात खुलेपछि नयाँ सवारीसाधन छुटाउनेक्रम पनि बढेको खत्रीले जानकारी दिए । चाडपर्वलक्षित सामान र नयाँ सवारीसाधनको आयात बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

धेरै पढिएको