काठमाडौं उपत्यकामा २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित
News Desk
Sep-20 , 2020 तारिख 03:27 बेलुका

काठमाडौँ — आश्विन ४, २०७७। 

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने २४ घन्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा शनिबार काठमाडौं उपत्यकामा शनिबार नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका थिए ।

२४ घन्टाको अवधिमा आइतबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ।

(कान्तिपुर दैनिक)