दशैंअघि त्रैमासिक परीक्षा सक्ने तयारी
News Desk
Sep-21 , 2020 तारिख 10:35 बिहान

काठमाडाैं — आश्विन ५, २०७७। 

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् ।
यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् ।

श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् ।

यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेको आजको नागरिक दैनिकमा खवर छ ।