कर्मचारीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा
News Desk
Sep-21 , 2020 तारिख 04:31 बेलुका

काठमाडाैं — आश्विन ५, २०७७। 

नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। असोज २४ मा कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव घोषणा गरिएको छ।

मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, श्रम विभाग र निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन, प्रमुख निर्वाचन अधिकृतको कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको हो।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कोभिडको महामारीमा चुनाव गर्न नसकिने भन्दै स्थगनको माग गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

Related Post