नेपालमा थपिए ११ सय ५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार नाघ्यो
News Desk
Sep-21 , 2020 तारिख 02:25 बेलुका

काठमाडाैं — आश्विन ५, २०७७। 

पछिल्लो २४ घन्टामा नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५,२७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

(कान्तिपुर दैनिक)