News Desk
काठमाडाैं- हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सबै प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा मुसलधारे वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र पश्चिम–उत्तर–पश्चिम सर्दैछ। दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सबै प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ।
राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सबै प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा अति वर्षाको वर्षाको समेत संभावना रहेको छ महाशाखाको अनुमान छ।