News Desk
काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक एनजीएम हिरोले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा नगद छुट तथा बम्पर उपहार जित्न सक्ने जनाइएको छ ।
चाडपर्वलाई लक्षित गरेर विभिन्न कम्पनीले अफरहरु सार्वजनिक गर्दै आएका छन् । यस्तोमा हिरोले ल्याएको अफरमा ग्राहकले नगद छुट ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसका अलावा स्क्रायचकाड मार्फत नगद १ हजारदेखि १ लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।
यस्तै यो योजना अवधिभर दुई जना लक्की ड्र मार्फत छानिने बिजेताले १÷१ लाख रुपैयाँ नगद जित्न सक्ने छन् ।
हिरोले हाल ५ मोडलका स्कुटर तथा १० मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा हिरो एक्सपल्स २०० ले राम्रो व्यापार गरिरहेको छ ।
यस्तै कम्पनीले केही दिन अघिमात्र सुपर स्प्लेन्डर १२५ आइबीएस नेपालमा सार्वजनिक गरेर बिक्री गर्दै आएको छ ।