बाघको आक्रमणबाट मृत्यु
News Desk
Sep-26 , 2020 तारिख 06:33 बेलुका

चितवन, १० असोज: भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।

घाँस काट्न गएका उनलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो । शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए ।-रासस/File photo

Related Post