कोरोना संक्रमित पुरुषको अस्पताल पुगेलगत्तै मृत्यु
News Desk
Sep-27 , 2020 तारिख 02:16 बेलुका

विराटनगर, असोज ११ । विराटनगरस्थित कोशी अस्पताल एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको गत राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत भदौ ८ गते कोरोना पुष्टि भएका मृतकलाई सुरुमा झापाकै मेची अस्पतालमा उपचार गराइएको थियो तर, शरीर काप्ने, ज्वरो आउने लगायत लक्षण बढ्दै गएको र स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार मात्रै उनलाई विराटनगर ल्याइएको थियो ।

Related Post