नेपालमा थपिए १३ सय ५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो
News Desk
Sep-28 , 2020 तारिख 02:42 बेलुका

काठमाडौँ — आश्विन १२, २०७७।

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १९ हजार ६ सय २४ जना छन् भने ६ हजार ३१० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

(कान्तिपुर दैनिक)