News Desk
काठमाडौँ — आश्विन १२, २०७७।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप नयाँ ८ सय १७ कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ४९ , ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएको बताएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।
यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
(कान्तिपुर दैनिक)