टोटनहमले टाइब्रेकरमा चेल्सीलाई हरायो
News Desk
Sep-30 , 2020 तारिख 08:37 बिहान

लन्डन — आश्विन १४, २०७७। 

टोटनहमले लिगकपमा मंगलबार चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ ।

चौथो चरणको खेलका निर्धारित समय १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीका लागि मेसन माउन्टको प्रहार गोल हुन सकेन ।

चेल्सीका लागि उनले गरेको पाँचौं प्रहार पोस्टमा लागेको थियो । यसलाई छाडेर यसअघिका सबै प्रहार गोल भए । यसअघि चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

टोटनहमका तर्फबाट एरिक लमेलाले ८४ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहम व्यवस्थापक जोसे मोउरिन्हो आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध दोस्रो रोजाईका खेलाडीको बाहुल्य रहेको टिम उतारेको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको