पछिल्लो २४ घन्टामा उपत्यकामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि
News Desk
Sep-30 , 2020 तारिख 02:38 बेलुका

काठमाडौँ  — आश्विन १४, २०७७। 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । 

२४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा अध्यावधिक विवरणअनुसार मंगलबार उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका थिए ।

(कान्तिपुर दैनिक)