फागुनमा नाडा अटो शो गर्ने तयारी, चाडपर्वमा व्यवसाय तंग्रिने आशा
News Desk
Oct-01 , 2020 तारिख 09:44 बिहान

काठमाडौँ — आश्विन १५, २०७७। 

सरकारले कोरोना रोकथाम एवं नियन्त्रणका लागि चैत दोस्रो सातादेखि गरेको देशव्यापी बन्दाबन्दीपछि शिथिल अटोमोबाइल व्यवसायलाई असारपछिको खुकुलो बन्दाबन्दीले केही राहत दियो । व्यवसायीहरु बन्द सटर खोलेर गाडी सरसफाइ गरी व्यवसाय सुरु गर्ने तयारीमा जुटेका थिए ।

व्यवसाय सामान्य बन्दै गइरहेका वेला सरकारले भदौ ३ देखि पुनः निषेधाज्ञा लगायो । बन्दाबन्दीले शिथिल अटोमोबाइल व्यवसाय निषेधाज्ञाका कारण झनै थला पर्‍यो ।

भदौ २४ बाट निषेधाज्ञा अन्त्य भएपछि पुनः अटोमोबाइल व्यवसाय सञ्चालनमा आए पनि लय पक्रिन सकेको छैन ।

प्रत्येक वर्ष अटोमोबाइल व्यवसायीहरुको साझा फोरम नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले दसैंअघि भदौमा नाडा अटो शो गर्दै आएको थियो ।

नजिकिँदै गएको दसैंका लागि ग्राहकले नाडामा सवारीसाधन बुकिङ एवं खरिद गर्दथे । नाडाका अनुसार प्रत्येक वर्ष यो अवधिमा ५ अर्बभन्दा बढीको कारोबार हुन्थ्यो ।

यद्यपि, कोरोनाका कारण वर्षकै सबैभन्दा ठूलो गाडी मेला नाडा अटो शो नहुने भएपछि व्यवसायीहरु निरास छन् । कोरोनाका कारण भदौमा हुने प्रदर्शनीमा बेहोर्नु परेको नोक्सानीलाई असुलउपर गर्न नाडाले फागुनमा नाडा अटो शो गर्ने तयारी गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

धेरै पढिएको