News Desk
काठमाडौँ — आश्विन १५, २०७७।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल चलाउन आवश्यक कर्मचार माग गर्दा दुई सय ४९ गुणाभन्दा धेरै आवेदन फारम परेको छ।
कम्पनीले २९ पदमा एक सय २९ कर्मचारी नियुक्त दरखास्त माग गरेकोमा ३२ हजार दुई सय २५ जनाले फारम भरेका छन्। कम्पनीले गत भदौ २७ गतेदेखि आवेदन खुलाएको थियो। फारम बुझाउने अन्तिम म्याद असोज १२ गतेसम्म रहेको नागरिक दैनिकमा खवर छ ।