कांग्रेसले सडक र सदन तताउने
News Desk
Oct-01 , 2020 तारिख 10:07 बिहान

काठमाडौँ — आश्विन १५, २०७७। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी थालेको छ। उसले असोज १९ देखि सुरु हुने केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने भएको हो।

नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका विषयमा सभापति शेरबहादुर देउवाले बुधबार बिहान आफ्नै निवास निकटहरूसँग छलफल गर्दै सडक र सदन तताउने बताएका हुन्।

आन्दोलनका स्वरुपका साथै पौडेल पक्षले दर्ता गराएको विरोधपत्रका विषयमा सभापति देउवाले उनीहरूसँग शनिबार छलफल गर्ने आजको नागरिक दैनिकमा खवर छ ।