एनसेलको मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा
News Desk
Oct-01 , 2020 तारिख 01:23 बेलुका

काठमाडौँ — आश्विन १५, २०७७। 

अब एनसेलका ग्राहकले मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन पाउनेछन् ।

एनसेलले ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

मेन ब्यालेन्सबाट डेटा चलाउँदा अझै सुलभ दरमा डेटा सेवा, जति धेरै डेटा प्रयोग गर्‍यो, त्यसकै अनुपातमा शुल्क घट्ने र साप्ताहिक पेएजयूगो योजनाअन्तर्गत ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा पाउनेछन् ।

(कान्तिपुर दैनिक)